दिनभर उतारचढावका बीच शेयर बजार सामान्य बढ्यो

 असार १९, २०८१ बुधबार १५:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिर्खुवा हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्स कम्पनीको २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया