जङ्गली च्याउ खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी

 असार २०, २०८१ बिहीबार १५:१:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६ उर्लाघारीकी ६५ वर्षीया मङ्गली स्याङ्तान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति सात वर्षीय लासाङ, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र सात वर्षीया छोरी आरती स्याङ्तान बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाएको उहाँले बताउनुभयो । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडामा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि यही असारको पहिलो हप्ता जङ्गली च्याउ खाँदा मकवानपुरका विभिन्न ठाउँमा तीन जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया