क्लासिक टेकको रिचार्ज अफर : ५ रुपैयाँमा वाईफाई ६ राउटरसँगै ५ महिना बोनस

 असार २०, २०८१ बिहीबार १६:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको छ । यस अफरमा अब इन्टरनेट टीभीकाे वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाईफाई ६ भएकाे डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर ५ रुपैयाँमा नै पाइने क्लासिक टेकले जनाएकाे छ ।

याे अफर आजसम्म मान्य हुनेछ । याे अफरकाे सुविधा लिन क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको शाखामा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ । 

साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा एक जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सकिनेछ । साथै हरेक महिना आइप्याड र एपल वाचसमेत जित्न सकिनेछ ।

यसैगरि नयाँ ग्राहकका लागि २०० एमबीपीयस उच्च गतिकाे इन्टरनेट जडान ६ सय १९ रुपैयाँमा आईपी टीभी र वाईफाई ६ भएकाे डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरिएकाे क्लासिक टेकले जनाएकाे छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया