ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

 असार २४, २०८१ सोमबार १२:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आउँदाे वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकका रूपमा रहेको र ग्लोबल आईएमई पनि सधैँ राज्यप्रति उत्तदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता भएकाे अधिकृत पोखरेलले बताउनुभयाे । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोशेढुङ्गा सावित हुने उहाँले उल्लेख गर्नुभयो ।

सम्झौताअन्तर्गत ग्लोबल आईएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूका लागि सहज तथा सुलभ रूपले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । साथै एकआपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू अगाडि बढाइने छ ।

ग्लोबल आईएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया