सेयर बजार घट्यो, चार अर्ब ५६ करोड रुपैयाँको कारोबार

 असार २४, २०८१ सोमबार १५:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ अङ्कमा झरेको छ ।

यस्तै हिजो छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । आज ९५ कम्पनीको मूल्य बढ्दा एक सय ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया