अण्डमान टापुमा तीरले हानेर अमेरिकी नागरिकको हत्या

 मंसिर ६, २०७५ बिहीबार ७:१३:५१ | एजेन्सी
unn.prixa.net

अण्डमान निकोबर द्वीप समूहले नर्थ सेन्टीनल द्वीपमा एक अमेरिकी नागरिककको तीरले हानेर हत्या गरेका छन् । जोन एलिन शाओ नाम गरेका २७ वर्षीय नागरिक स्थानीय मछुवारेको साथ डुंगा चढेर सेंन्टीनल द्वीपमा गएका थिए । 

सेन्टीनल द्वीपमा एक आदीवासी समूह रहेको छ, जसलाई सेन्टीनेलिज भनिन्छ । यिनीहरुको बाहिरी दुनियाँसँग कुनै सम्पर्क छैन । प्राप्त जानकारीका अनुसार जोन शाओले द्वीपमा पाइला राखेपछि आदीवासीले तीरको वर्षा गरेका थिए । यो देखेर उनको साथमा गएका स्थानीय माछुवारे भागेका थिए । 

यो घटना १८ नोभेम्बरमा भएको बताइएको छ । घटनामा अवैधरुपमा शाओलाई द्वीपमा लगेको आरोपमा सातजना माछुवारे समूहका मानिसलाई पक्राउ गरिएको छ । शाओ अमेरिकाको अल्बामा निवासी थिए । उनी इसाई धर्मको प्रचारका लागि अण्डमान आउने गरेका थिए । 

समाचार एजेन्सी एपीएफको रिपोर्टका अनुसार जोन १४ नोभेम्बरमा यो द्वीपमा जान प्रयास गरेका थिए । त्यतिबेला उनी सफल भएनन् । त्यसको दुईदिनपछि उनी फेरि दोस्रो पटक त्यहाँ जाने कोसिस गरेका थिए ।

रिपोर्टमा भनिएको छ ‘जोनमाथि तीरले हमला भयो तर पनि उनी द्वीपतर्फ हिँडिरहे, माछामार्ने व्यक्तिले देखेका थिए जनजाति समूहले उनको घाँटी डोरी बाँधेर उनलाई घिसार्दै लगे, यो देखेपछि मछुवारे डराएर भागे ।’ 

२० नोभेम्बरमा उनको शव बरामद भएपछि यो घटना बाहिर आएको छ । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया