नेपालमा हुने २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबल पाकिस्तानले नखेल्ने

 असार २७, २०८१ बिहीबार १८:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा हुने २० वर्षमुनि (यू–२०) काे साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता पाकिस्तानले नखेल्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) का अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । पाकिस्तानले नखेल्ने भएपछि प्रतियोगिता दुई दिन पर सरेको छ ।

यसअघिको तालिकाअनुसार नेपालले उद्घाटन खेलमा श्रीलङ्कासँग अगस्ट १६ तारिख अर्थात् अर्को महिना साउन ३२ गते श्रीलङ्कासँग खेल्ने तय भएको थियो । तर यो खेल अगस्ट १८ तारिख अर्थात् भदौ २ गते हुनेछ ।

पाकिस्तान नखेल्ने भएपछि नेपाल रहेको समूह 'ए' मा श्रीलङ्का र बङ्गलादेश हुनेछन् । त्यस्तै अर्को समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत साविक विजेता र पाकिस्तान उपविजेता टोली हुन् । छैटौँ संस्करणको प्रतियोगिता काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया