सर्लाही प्रहरीले गाेली प्रहार गरेर फरार अभियुक्तलाई पक्राउ गर्‍याे

 असार ३१, २०८१ सोमबार १५:९:२७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – सर्लाही प्रहरीले चोरी डकैतीमा संलग्न रहेको आरोपमा एक जनालाई गोली हानेर पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–२ का विजेन्द्र पासवानलाई भारतीय सीमा नजिक रहेको शीतलपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

पासवानलाई घुँडामुनि एक राउन्ड गोली लागेको छ । मधेशका बारा, सर्लाही, महोत्तरी र सिरहासँगै सीमावर्ती सिन्धुली जिल्लामा चोरी डकैतीका सात वटा घटनामा पासवान संलग्न रहेको प्रहरीको भनाइ छ । उनले पछिल्लो समय एक करोड रुपैयाँभन्दा बढीको नगद, सुनचाँदीका गरगहना तथा सरसामान लुटेको पाइएको डीएसपी जैसवारले बताउनुभयो ।

त्यस्तै पासवानमाथि सिन्धुलीको झपसी क्यानेश्वर, बाराको गढीमाई, सर्लाहीको भक्तिपुर, सिरहाको लहान र महोत्तरीको भङ्गाहा तथा समसीमा चोरी डकैती गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनले २०५९ सालदेखि चोरी डकैती गर्दै आएका थिए । पासवानको अहिले जलेश्वर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया