शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम भने ६ महिनायताकै उच्च

 असार ३१, २०८१ सोमबार १५:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिभिल बैंकको डिबेन्चर २०८८ र मान्डु जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि आज कारोबार रकम भने उल्लेख्य बढेर छ महिनायताकै उच्च भएको छ । आज तीन सय २२ वटा कम्पनीका दुई करोड ५० लाख कित्ता शेयर आठ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ २ गते आठ अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया