सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुलायो

 साउन १, २०८१ मंगलबार १५:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो ।

ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । बोलपत्रदाताहरूले आउँदाे अगस्ट ६ तारिखसम्म कृषि समाग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । अहिले ठेक्का आह्वान भएको मल आउँदो हिउँदका लागि भएको कम्पनीले जनाएको छ ।

बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया