७० अङ्कले बढेर शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा, कारोबार रकम पनि ६ महिनायताकै धेरै

 साउन १, २०८१ मंगलबार १५:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले बढेको छ । हिजो १७ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ ।

शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २९ गते शेयर बजार २ हजार ३ सय ५० दशमलव ४२ विन्दुमा पुगेको थियो ।

आज म्युचल फन्ड समूह बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ३ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३ सय १५ वटा कम्पनीका २ करोड ५८ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको माघ ३ गते ९ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया