ललितपुर महानगरमा लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन

 साउन २, २०८१ बुधबार १५:२०:५२ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाले आर्थिक वर्ष २०८०/८१ मा महानगरले दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार रुपैयाँ सङ्कलन भइसकेको बताउनुभयो ।

त्यस्तै गएको आर्थिक वर्षमा ललितपुर महानगरले ८१ दशमलव २२ प्रतिशत पूँजीगत खर्च गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिनुभयो ।

यस्तै काठमाण्डौ महानगरपालिकाले गएको आर्थिक वर्षमा लक्ष्यको हाराहारीमा राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९८ दशमलव ५१ प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभयो ।

महानगरले गएको आर्थिक वर्षमा घरबहाल करमार्फत दुई अर्ब ९१ करोड ८८ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया