शेयर बजार ५४ अङ्कले बढ्यो, झन्डै ३५ महिनापछि १२ अर्ब रुपैयाँभन्दा धेरैकाे कारोबार

 साउन २, २०८१ बुधबार १५:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । नेप्से २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २८ गते नेप्से दुई हजार तीन सय ६९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय ६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ । कारोबार रकम झन्डै ३५ महिनायताकै धेरै हो । यसअघि २०७८ साल भदौ १५ गते १३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया