सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि-अर्डर शुरु, यस्ताे छ मूल्य

 साउन २, २०८१ बुधबार १८:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको असार २६ गते आयोजित ग्लोबल अनप्याक्डपछि सामसङ नेपालले आज काठमाण्डौको मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर शुरु भएको घोषणा गरेको छ । सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर अफरहरू आजदेखि आउँदाे साउन १५ गतेसम्म मान्य रहनेछन् ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको अनावरण गरेका थिए ।

‘फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ’, सामसङ नेपालका निर्देशक स्थापितले भन्नुभयो ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् र सिधा एड्जहरूसँग पूर्णरूपमा समहित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड फोल्ड ६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भीउइङ्ग एक्सपिरिएन्स प्रदान गर्दछ । डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयू, जीपीयु र एनपीयू कार्यसम्पादनको संयोजन गर्दछ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्दछ ।

ग्यालेक्सी जेड फोल्ड ६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्दछ ।

यस्ताे छ मूल्य–

डिभाइस रङ्ग मूल्य (नेरु)
ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६ जीबी) सिल्भर श्याडो, ब्लु १,५४,९९९
ग्यालेक्सी जेडफोल्ड ६ (१२+२५६ जीबी)     सिल्भर श्याडो,न्यभी २,३४,९९९
ग्यालेक्सी जेडफोल्ड ६ (१२+५१२जीबी)     सिल्भर श्याडो,न्यभी २,४९,९९९

 

गिफ्ट/मोडल जेड फोल्ड ६–२५६ जीबी जेड फोल्ड ६–२५६ जीबी जेड फोल्ड ६–५१२ जीबी
कभर सिलिकन केस (रु ५,४९९) एस पेन केस (रु १२,२९९) एस पेन केस (रु १२,२९९)

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया