तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धिदर

 साउन ३, २०८१ बिहीबार ७:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको हो । यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ ।

विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण कृषि हुने गरेको थियो । कार्यालयकाअनुसार यो पटक कृषि क्षेत्रमा औसतभन्दा बढी वृद्धिदर कायम भएको छ । तर अरु धेरै क्षेत्रमा वृद्धिदर ऋणात्मक भएकाले समग्र वृद्धिदर न्यून देखिएको हो । विशेषगरी व्यापार र निर्माण क्षेत्रमा समस्या देखिएको छ ।

अर्थतन्त्रमा १४ प्रतिशतको योगदान रहेको व्यापार क्षेत्र २ दशमलव ७ प्रतिशतले ऋणात्मक देखिएको छ । अर्थतन्त्रमा ५ प्रतिशतको योगदान रहेको निर्माण क्षेत्र ११ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ । उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन् क्षेत्र ४ दशमलव ८ प्रतिशतले ऋणात्मक छन् । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया