मौद्रिक नीति भाेलि सार्वजनिक गर्ने तयारी, घरजग्गा र शेयर कारोबारमा लचिलो बन्ने सङ्केत

 साउन ३, २०८१ बिहीबार १५:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको अन्तिम मस्यौदा पनि तयार भइसकेको र हेर्नैपर्ने केही विषयमा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बसेर मस्यौदा टुङ्ग्याउने र भोलि बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गर्ने तयारी छ । भोलि बिहान अनुमोदन हुने नीति दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यसबारेमा गभर्नर महाप्रसाद अधिकारीले अस्ति नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरिसक्नुभएको छ ।

अर्थमन्त्रीको चाहनाअनुसार राष्ट्र बैंकले यसपटक लचिलो मौद्रिक ल्याउने तयारी गरेको पनि स्रोतले जनाएको छ । विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नका लागि लचिलो मौद्रिक नीति आउने गरी मस्यौदा तयार भएको छ । यस्तै निर्माण क्षेत्र र खुद्रा क्षेत्रमा कर्जा बढाउने गरी राष्ट्र बैंकले योजना बनाइरहेको छ । अहिले ब्याजदर धेरै नै घटिसकेकाले कर्जा विस्तारमा जोड दिने तयारी छ ।

बजारमा भइरहेको माग र अपेक्षालाई बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको विषयलाई स्वीकार गरेर बजारको केही माग पूरा गर्ने गरी मौद्रिक नीतिको मस्यौदा बनेको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया