काठमाण्डाैबाट हेटौँडा जोड्ने कान्ति लोकपथ खुल्याे

 साउन ८, २०८१ मंगलबार १५:२७:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – काठमाण्डाैबाट हेटौँडा जोड्ने कान्ति लोकपथ खुलेको छ । ललितपुरको बाग्मती गाउँपालिका–३ छपेलीमा गएराति गएको पहिरो हटाएर आज बिहानदेखि गाडी पुनः सञ्चालनमा आएकाे हाे ।

राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छपेलीमा पहिरो जाँदा सोमवार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाण्डाैतर्फको यातायात अवरुद्ध भएको थियो ।

यसैबीच त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल–सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडकमा पनि आज बिहानदेखि गाडी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया