बाग्मतीका मुख्यमन्त्री लामा र मन्त्रीहरूद्वारा शपथ ग्रहण

 साउन ९, २०८१ बुधबार १४:११:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शपथ ग्रहण लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूलाई पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे हाे ।

नेकपा एमालेका ६ र नेपाली कांग्रेसका ३ जना मन्त्रीले शपथ लिएका छन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, किरण थापाले स्वास्थ्य, कृष्ण सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकास र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई भने जिम्मेवारी ताेकिएकाे छैन ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थनमा लामा हिजाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । उहाँ प्रदेशका पाँचौँ मुख्यमन्त्री हुनुहुन्छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया