निर्माण व्यवसायीको लागि मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर

 साउन १७, २०८१ बिहीबार १०:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीको लागि मौद्रिक नीतिमा भएको व्यवस्था कार्यन्वयनको लागि सर्कुलर जारी गरेको छ ।

सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज आउँदो मङ्सिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्नेछ ।

यो व्यवस्थाअनुसार निर्माण व्यवसायीहरुले गएको आर्थिक वर्षको असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने सावाँ ब्याज भुक्तानी गर्नलाई मङसिर मसान्तसम्मको समय पाएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले निर्माण व्यवसायीले आउँदो मङ्सिर मसान्तसम्म तिर्नुपर्ने सावाँ ब्याज भुक्तानी गरेको अवस्थामा पेनाल ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज लिन पाउने छैनन् । तर छूट पाउने अवधिभित्र कर्जाको सावाँ ब्याज भुक्तानी नगरेमा उनीहरुले पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने पाउने छन् ।

यस्तै चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई आउँदो मङ्सिर मसान्तसम्म कालोसूचीमा समावेश गरिने छैन ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया