भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – सामसङको फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन – ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ को प्रि–अर्डरमा आकर्षण देखिएको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ का लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको कम्पनीले जनाएको छ । सामसङ नेपालले यही साउन १५ गतेसम्म प्रि–अर्डर खुला गरेको थियो । यी फोल्डेबलहरू अब बजारमा उपलब्ध छन् ।
‘नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू – ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाका लागि हामी खुशी र आभारी छौँ । हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआईको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन तथा सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भन्नुभयो ।
नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू रहेका सामसङ नेपालले जनाएको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि रहेको र यसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउने विज्ञप्तिमा उल्लेख छ ।
ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ ग्यालेक्सीका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म रहेको छ । यसले सीपीयू, जीपीयू र एनपीयू कार्यसम्पादनको संयोजन गर्दै प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको र सुधारिएको समग्र प्रदर्शनको साथमा परिष्कृत ग्राफिक्स प्रदान गर्ने कम्पनीको जनाएको छ ।
ग्यालेक्सी जेड फोल्ड ६ ले एआई–सञ्चालित – नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो – जस्ता सुविधा र उपकरणहरू प्रदान गरी ठूलो स्क्रिनलाई अधिकतम बनाउन र उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीको भनाइ छ ।
यस्तै गेमिङ सेसनलाई लामो समयसम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड ६ अब १.६ गुना ठूलो भेपर चेम्बरको साथ आउँछ ।
प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोरमार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् ।
यस्तै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाका साथ ग्राहकले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ को लागि रु ६८५४/महिना र ग्यालेक्सी जेड फ्लिप ६ का लागि रु ४५२१/महिनाको शून्य प्रतिशत ब्याज दर भएको ईएमआईमा २४ महिनाको अवधिमा देशभरका कुनै पनि सामसङ अधिकृत स्टोरहरूबाट मात्र ३० प्रतिशत डाउन पेमेन्ट गरी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।