भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – यो हप्ता ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता ७३ अर्ब २३ करोड रुपेयाँ बराबरको शेयर किनबेच भएको थियो । यो हप्ताको पहिलो दिन आइतवार १५ अर्ब ६९ करोड ८० लाख, सोमवार १९ अर्ब ४४ करोड ३ लाख, मंगलवार १७ अर्ब १९ करोड ६० लाख र बुधवार अहिलेसम्मकै उच्च २१ अर्ब ९१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
शेयर कारोबार हुने हप्ताको अन्तिम दिन हिजो २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । एक महिना नहुँदै शेयर बजार ७ सय अङ्कभन्दा धेरैले बढेको छ । एकै दिन १९ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार हुन थालेको छ । लगानी अनुसार लगानीकर्ताले दैनिक हजारदेखि लाखौँ र करोडौँ रुपैयाँ कमाइरहेका छन् ।
बजार बढेको बेला केही कमाई भए पनि लगानी गर्न नजान्दा विशेष गरेर नयाँ लगानीकर्ताको पैसा डुब्ने जोखिम धेरै हुन्छ । त्यसैले लगानी गर्नु पहिले सोचविचार गर्न विज्ञले आग्रह गर्दै आएका छन् । कमजोर आर्थिक अवस्था भएका कम्पनीको मूल्य पनि आकाशिएकाले यो स्वभाविक नभएको नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीको भनाइ छ ।
अहिले वित्तीय अवस्था ठिक नभएका, विभिन्न नियामक निकायले कारबाही गरेका र गर्न ठिक्क परेका कम्पनीको शेयर मूल्य पनि निकै बढेको छ । अलिअलि नाफा देखेर भएभरको सम्पत्ति शेयर बजारमा लगाउने अनि बजार घट्न थालेपछि धेरैको बिचल्ली भएको उदाहरण पनि छ । त्यसैले अहिले बजार बढिरहेको बेलामा साना, सोझा र नयाँ लगानीकर्ताले विशेष ध्यान दिनुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।