पाँच राज्यमन्त्री थपिएसँगै मधेस प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय

 साउन २३, २०८१ बुधबार ९:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मधेस प्रदेशमा पाँच राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । हिजो मुख्यमन्त्री सतिशकुमार सिंहले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभयो ।

नेपाली कांग्रेसबाट दुई र एमाले, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक÷एक जना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बन्नुभएको छ ।

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ गराउनुभयो । योसँगै मधेसमा अहिलेसम्मकै ठूलो आकारको मन्त्रिपरिषद् बनेको छ । मधेसमा मुख्यमन्त्री कार्यालयसहित १३ वटा मन्त्रालय रहेका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया