डलरको भाउ निरन्तर वृद्धि, आज फेरि नयाँ रेकर्ड

 साउन २४, २०८१ बिहीबार ८:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – डलरको भाउले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । अस्ति मङ्गलवार रेकर्ड बनाएको डलरको भाउले हिजो त्यो रेकर्डलाई तोडेको थियो भने आज फेरि डलरको भाउले हिजोको रेकर्ड तोडेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो । हिजोको तुलनामा आज डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ कमजोर भएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्छ ।

डलरको भाउ महँगाे हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केही फाइदा हुन्छ । तर नेपालको आयातको हिस्सा धेरै भएकोले डलर महँगिदा बेफाइदा बढी हुन्छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगाे हुँदा बढी रकम तिर्नुपर्छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया