नेपालको सबैभन्दा सुरक्षित विघुवित्तीय वालेट भनेकै ‘आइएमई पे’

 साउन २५, २०८१ शुक्रबार ८:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट ‘आइएमई पे’ले नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सेवाग्रहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

यो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि ‘आइएमई पे’ले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको छ । ‘आइएमई पे’ल अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

‘आइएमई पे’ले मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत ‘आइएमई पे’ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया