प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक आउँदो संसद् बैठकमा पेश गर्न आग्रहसहित कानून, न्याय तथा मानव अधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।
समितिबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भई हिजाे पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आउँदो बैठकमा पेश गर्न पत्राचार गर्नुभएको हो । प्रतिनिधि सभाको बैठक साउन २९ गते मङ्गलवारका लागि बोलाइएको छ ।
लामो समयदेखि दलहरूबीच विधेयकका अन्तर्वस्तुमा सहमति जुट्न सकिरहेको थिएन । यसअघि विधेयकका चार वटा बुँदा विवादित भएपछि गएको असार १३ गते तीन सदस्यीय कार्यदल गठन गरेर कार्यदलले गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, नियतवश वा स्वेच्छाले घटाइएको घटना, मेलमिलाप र सजाय तथा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई परिपूरणबारे सहमति जुटाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।