अमेरिकामा भवनमा ठोक्किएर मर्छन् हरेक वर्ष एक अर्बभन्दा धेरै चरा : अध्ययन

 साउन २७, २०८१ आइतबार ९:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

अमेरिकामा भवनमा ठोक्किएका कारण हरेक वर्ष एक अर्बभन्दा धेरै चरा मर्ने गरेका एक अध्ययनले देखाएको छ । कतिपय चरा भवनमा ठोक्किनासाथ मर्ने गरेका र बेहोस भएका तथा घाइते भएकामध्ये पनि धेरैजसो मर्ने गरेका अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै वाशिङ्गटन पोस्टले जनाएको छ ।

अमेरिकामा जङ्गली चराको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु एक रहेको छ । यही हप्ता 'प्लोस वन जर्नल'मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अन्वेषकले भवनमा ठोक्किएका चरालाई वन्यजन्तु पुनर्वास केन्द्रमा लगेका थिए ।

सन् २०१६ र सन् २०२१ को बीचमा भएका घटना अध्ययन गर्ने अन्वेषकले भवनमा ठोक्किएर घाइते भएका एक सय ५२ प्रजातिका तीन हजार एक सयभन्दा बढी चरालाई पुनर्वास केन्द्रमा लगेकामा ६० प्रतिशतभन्दा बढी मरेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अनुसन्धानकर्ताले कीराको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि बीउ फैलाउन मद्दत गर्ने चराको सुरक्षाका लागि भवन चरामैत्री हुनुपर्ने उल्लेख गरेका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया