फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बीमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गर्नुभएको हो ।
स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बीमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलको भनाइ छ । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । बीमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उहाँको भनाइ छ ।
मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताउनुभएको छ ।
त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उहाँले ल्याउनुभएको छ । उहाँले एक सय बेड भन्दामाथिका सरकारी अस्पतालहरुमा नर्सिङ र तीन सय बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने पनि बताउनुभएको छ ।
यस्तो छ स्वास्थ्यमन्त्रीले घोषणा गरेको कार्ययोजना :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।