आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने जसपा नेपालको मत

 साउन २८, २०८१ सोमबार ९:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ । पार्टीको हिजोदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ ।

अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्ताव पार्टीको बैठकमा पेस गर्नुभएको हो । उहाँले समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठनको प्रस्ताव गर्नुभएको छ ।

संविधानमा संशोधन गर्दा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुपर्ने, प्रतिनिधिसभालाई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने तथा राष्ट्रियसभामा समेत जनसङ्ख्याको अनुपातमा सबै समुदायको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्नुपर्ने राजनीतिक प्रस्तावमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया