कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण सकियो

 साउन २९, २०८१ मंगलबार १२:२:४२ | रासस
unn.prixa.net

रासस

कास्की – माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको छ । आयोजना निर्माण तर्फको सम्पूर्ण काम सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

भोलि पेनस्टक पाइपमा पानी हालेर वेटटेष्ट अर्थात् पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने काम शुरु हुने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । त्यसपछि दुई हप्ताभित्रमा परीक्षण उत्पादन शुरु हुने उहाँको भनाइ छ । यो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको छ । तीन अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका भने अन्य लगानी प्रवर्द्धक, स्थानीयबासी तथा आइपिओ जारी गरेर पूरा गरेको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो । सेती नदी जलविद्युत् आयोजना २०७७ सालको अन्तिमदेखि काम शुरु भएको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया