सङ्घीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली

 साउन ३०, २०८१ बुधबार १८:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतिमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ । सबै दलले कठिन सङ्घर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरूबीचकै सहमतिमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रतिनिधि सभा बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले सङ्घीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरू अडिग रहेको दोहोर्‍याउनुभयो । प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने भएकाले त्यसमा विदेशी नक्कल गर्न नसकिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ हामीलाई जे मन लाग्यो त्यही गर्छाैँ भन्ने होइन । संविधान चाहिएको देशका लागि हो । संविधान चाहिएको नागरिकका लागि हो । संविधान चाहिएको सुशासन र विकासका लागि हो ।हाम्रो आवश्यकताअनुसार हामीले संविधान निर्माण गरेका हौँ । हामीले संविधान बनाएको हौँ, मिलेर नै कार्यान्वन गर्छाैँ । परिमार्जन गर्छाैँ ।’

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया