फोर्ब्सकाे घोषणा : अमेरिकी खर्बपती एलन मस्क मानव इतिहासकै सबै...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अब अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने भएको छ । यसअघि प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गर्नुपर्ने हुन्थ्यो । अब प्रिपेड मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा शुरू हुन थालेको कम्पनीले जनाएको छ ।
ग्राहकले *1415*7# डायल गरेर उपलब्ध मेनुबाट उपयुक्त विकल्प चयन गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको निश्चित गर्न सक्छन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा शुरू भएपछि नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।
टेलिकमका अनुसार भारतबाहेकका अरू देशहरूमा पनि यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा यो सेवा प्रयोग गर्न नेपालमै रहँदा *1415*7# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत रोमिङ सेवा एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ । यदि ग्राहकले नेपालमै रहँदा रोमिङ सेवा एक्टिभेट नगरी विदेश गएमा, विदेशबाटै यो सेवा एक्टिभेट गर्न ग्राहकले [email protected] मा ईमेल गरेर अनुरोध गर्न सक्नेछन् ।
अहिले नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत ४० देशमा रोमिङ सुविधा उपलब्ध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।