लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदाै ४ गते विश्वासकाे मत लिने

 साउन ३१, २०८१ बिहीबार १२:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदाे भदौ ४ गते विश्वासको मत लिनु हुने भएको छ । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली काङ्ग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँले सरकारलाई अझै पूर्णता दिन भने सक्नुभएको छैन ।

एमाले र काङ्ग्रेसबाट चार/चार जना मन्त्री नियुक्त गरे पनि तीन वटा मन्त्रालय अझै खाली छन् । सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनुपर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ । तर उहाँ साना दललाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया