भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेले आज तीन हजार विन्दुमा पुगेको छ । नेप्से आज ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ । दिउँसो साढे दुई बजे शेयर बजार तीन हजार ३६ विन्दुसम्म पुगेको थियो । बन्द हुने बेलामा भने तीन हजार विन्दुमा रोकिएपनि नेप्से आज झण्डै तीन वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।