कर वृद्धिको विरोधमा हेटौँडाका व्यवसायीले उपमहानगरलाई साँचो बुझाए

 साउन ३२, २०८१ शुक्रबार १५:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर वृद्धिको विरोधमा मकवानपुरको हेटौँडाका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रूपमा साँचो उपमहानगरपालिकालाई बुझाएका छन् ।

व्यवसायीको आग्रहमा हेटाैँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी भइरहेको ठाउँमा नै पुगेर साँचो बुझ्नुभएको हो । कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सोमवारदेखि आन्दोलन हुँदै आएको छ । आन्दोलनमा व्यवसायीले साथ दिएका छन् ।

उनीहरूले आज बिहान आफ्ना व्यवसाय नै बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिए । व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज हुनुपर्ने माग राखेका छन् । व्यवसायीलाई पलायन हुने गरी विज्ञापन करसहितका अन्य करको दायरा एक सय ५० प्रतिशतसम्म बढाएको भन्दै कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताउनुभयो ।

व्यवसायीहरूले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने मागसहित गएको मङ्गलवार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया