नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई

 साउन ३२, २०८१ शुक्रबार १८:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले बधाई दिएको छ । केही दिनअघि संसदबाट टीआरसी विधेयक पारित भएको थियो । यसले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने अवस्था बनेको भन्दै अमेरिकाले बधाई दिएको हो ।

नेपाल भ्रमण क्रममा आज काठमाण्डौ आइपुगेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भएको भेटमा बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो । भेटमा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सन् २०२६ भित्र अल्पविकसित देशबाट स्तनोन्नति हुने क्रममा रहेको र नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया