आज काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइँदै

 भदौ ५, २०८१ बुधबार ८:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज रोपाइँ जात्रा मनाइँदै छ । रोपाइँ जात्रा धानको रोपाइँ सकेपछि गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ । रोपाइँ जात्रा नेवार संस्कृतिबाट शुरू भएको मानिन्छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको र राजा प्रताप मल्लले सुरुवात गरेको मानिन्छ । यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी गाउँने र नाच्ने गरिन्छ । विशेष गरी नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ ।

यसैबीच काठमाण्डौको बौद्धमा आज गाईजात्रा तथा रोपाइँ जात्रा विशेष कार्यक्रम हुँदैछ । गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समिति, बौद्धले साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइँ जात्रालाई जीवित राख्ने उद्देश्यले यसवर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दिएको छ ।

जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रम र रोपाइँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले बताउनुभयो । जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य-व्यङ्ग्य, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हलि र घाडा रहेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया