पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध

 भदौ ५, २०८१ बुधबार १४:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ । नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अहिले पनि पहिरोमा ढुङ्गा खस्ने क्रम चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमराज थपलियाले बताउनुभयो । पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागेकाे छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया