साफ यू–२० च्याम्पियनशिप : माल्दिभ्सलाई हराएसँगै भुटान सेमिफाइनलमा पुग्ने सम्भावना कायमै

 भदौ ५, २०८१ बुधबार १८:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भुटानले माल्दिभ्सलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलको अन्तरले हरायो । भुटानका लागि खेलको २१औं मिनेटमा दोर्जी र ९०औं मिनेटमा चोपालले गोल गरे । माल्दिभ्सका फिरकले खेलको ५३औं मिनेटमा एक गोल फर्काए ।

यो जीतसँगै भुटानले समूह ‘बी’ मा तीन अङ्क जोड्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब पर्सि हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

यस्तै प्रतियोगितामा भोलि समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । नेपाल र बङ्गलादेश दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् । भोलिको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया