भक्तपुरको मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच शुरु

 भदौ ६, २०८१ बिहीबार ९:५६:५० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भक्तपुर – गाईजात्राको भोलिपल्ट अर्थात् गएरातिदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाभित्र फरक - फरक शहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवम् दैवी शक्ति प्रकट गर्दै नाच शुरु भएको छ ।

मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको नाचहरु मल्लकालिनभन्दा अगाडिदेखि चलनमा आएको थियो । भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवम् थिमि भैलः नाचको विकास भएको कथन छ ।

मध्यपुरथिमिको विभिन्न शहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको संस्कृतिकर्मी अर्जुन श्रेष्ठले बताउनुभयो ।

यसवर्ष थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच आजबाट प्रदर्शन भएको छ । देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको निलबाराही नाच यसवर्ष पनि हिजोदेखि सञ्चालन भएको छ भने विभिन्न कारणले पटकपटक रोकिँदै आएको लाय्कू भैल र महाकाली नाच यसवर्ष प्रर्दशन गरिएको छ ।

झण्डै दुई दशकपछि मध्यपुर थिमि–५ ताहननीबाट यसवर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो । 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया