लुम्बिनी सरकारले १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने

 भदौ ७, २०८१ शुक्रबार १५:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालयसमेत रहने निर्णय गरेको हो ।

साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नुभएको थियो । पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले आफूले मन्त्रिपरिषद्मा सिफारिश गरेको मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया