कमला नदीमा पुल बनाउनेसहित ४ बुँदे सहमति, आमरण अनशन स्थगित

 भदौ ७, २०८१ शुक्रबार १५:८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – हुलाकी राजमार्गलाई धनुषा र सिरहासँग जोड्न कमला नदीमा अर्को नयाँ पुल बनाउन माग गर्दै गएको मङ्गलवादेखि आमरण अनशन बसेका १० जनाले आज बिहानदेखि आन्दोलन स्थगित गरेका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंहसँग गएराति अबेर भएको वार्तामा चार बुँदे सहमति भएपछि अनशन तोडिएको हो । कमला नदीमा नयाँ पुल बनाउने, आवश्यक बजेट जुटाउने, आउँदो मङ्सिर १ गतेभित्र पुल निर्माणको डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र पुल निर्माण सङ्घर्ष समिति सिरहा–धनुषाको सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।

मुख्यमन्त्री कार्यालय अगाडि १० जना आमरण अनशनमा बसेका थिए । सहमतिपत्रमा मुख्यमन्त्री सिंह र सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया