मुस्ताङकाे थासाङमा हिमपहिराे, बोक्सी खोला थुनियाे

 भदौ ७, २०८१ शुक्रबार १५:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २– काेबाङमा बाेक्सी खाेला थुनिएकाे छ । हिमपहिराे आएर बाेक्सी खाेला थुनिएकाे जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएकाे छ ।

आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको र हिउँको थुप्रोले बाेक्सी खोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।

हिमपहिरोले खाेला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ । यस्तै हिमपहिराेका कारण जाेखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेकाे छ । खोलाको छेउछाउ गाईवस्तु चराउन र घाँस काट्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

हिमपहिराे बस्तीमाथि आएर अड्किएकाे र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । यस्तै जल तथा माैसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया