मुग्लिन–नारायणगढ सडक खण्डमा ढुङ्गाले लागेर बस पल्टियो, २५ जना यात्रु घाइते

 भदौ ७, २०८१ शुक्रबार १६:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ काे १७ किलाेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ ।

रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०/३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुङ्गाले लागेको बसमा क्षति पुगेको छ । सडकमा अवरोध नरहेको र गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

यसअघि गएको असार २८ गते मुग्लिन–नारायणगढ सडक खण्डकै १७ किलोमा पहिरोबाट झरेको ढुङ्गाले लागेर लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीका मेघनाथ विकको ज्यान गएको थियो । त्यसै दिन सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया