पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २– काेबाङमा हिमपहिराेले थुनिएकाे बाेक्सी खाेला बग्न थालेकाे छ । हिमपहिराे आएर थुनिएकाे बाेक्सी खाेला बग्न थालेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बाेक्सी खाेला थुनिएकाे थियाे । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।
हिमपहिरोले खोला थुनिँदा जम्मा भएको पानी बिस्तारै बग्न थाले पनि जोखिम रहेकाले कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई यसअघि दिउँसो नै सुरक्षित ठाउँमा सारिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाइएको बताउनुभयो । यस्तै जल तथा मौसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।