तनहुँ बस दुर्घटना : २१ जनाको ज्यान गयो, बसमा रहेका ४३ जना सबै भारतीय नागरिक

 भदौ ७, २०८१ शुक्रबार १७:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै – तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ ।

प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाण्डाैतर्फ गुड्दै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया