तनहुँ बस दुर्घटना : घाइतेलाई भेट्न र शव लिन भारतका युवा राज्यमन्त्री रक्षा खड्से काठमाण्डौमा

 भदौ ८, २०८१ शनिबार १२:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाण्डौ आउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिनका लागि केन्द्रीय राज्यमन्त्रीलाई पठाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

राज्यमन्त्री खडेस त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर घाइतेहरुलाई भेट्ने र शव बुझेर फर्कने कार्यक्रम रहेको छ । हिजो आँबुखैरेनीको ऐनापहरा नजिकै बस दुर्घटना हुँदा २७ जना भारतीय पर्यटकको ज्यान गएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिँदैछ ।

परीक्षण सकेर भारतीय पक्षलाई बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया