कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (फोटो फिचर)

 भदौ १०, २०८१ सोमबार १२:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – कृष्णजन्माष्टमीको दिन आज देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा पूजाअर्चनाका लागि दक्षिण र उत्तरतर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ ।

ललितपुरको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन दर्शन गर्न आएका भक्तजनको घुइँचो। तस्बिर : माधवप्रसाद घिमिरे / रासस

भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरीले सहयोग गरेका छन् । यस्तै इमाडोलको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको श्रीकृष्ण मन्दिर, बत्तीसपुतलीमा रहेको  श्रीरामचन्द्र मन्दिर परिसरसहित काठमाण्डौ उपत्यका बाहिरका कृष्ण मन्दिरहरुमा पनि दर्शनार्थीको घुइँचो  लागेको छ । 

तुलसीपुर उपमहानगरपालिका-८ स्थित श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो । तस्बिरः दीपक बोहरा /रासस

द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ ।

 सुनसरीको इनरुवा नगरपालिका-३ स्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गर्दै भक्तजन । तस्बिर : नवीन गड्तौला/ रासस

आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

सुर्खेतको वीरेन्द्रनगर–११ पिपिरामा रहेको प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा श्रीकृष्णजन्माष्ठमीका अवसरमा आएका भक्तजन । तस्बिरः सुरेश आचार्य/रासस

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ ।  कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ ।

ललितपुरको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन भक्तजनलाई बाँसुरी बेच्दै व्यापारी । तस्बिर : माधवप्रसाद घिमिरे / रासस

कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ । नेपालभर रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ ।  

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको राधाकृष्ण मन्दिर आसपासका पसलमा बिक्रीका लागि राखिएका भगवान श्रीकृष्णसँग सम्वन्धित पोशाकलगायत । तस्बिरः युवराज पाण्डे /रासस

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया