अरूण तेस्रोमा ढुङ्गाले लागेर घाइते मजदुरको ज्यान गयो

 भदौ १०, २०८१ सोमबार १२:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सङ्खुवासभामा भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको नौ सय मेगावाटको अरूण तेस्रोमा कार्यरत मजदुरको ज्यान गएको  छ । काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाइते हुनुभएको बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ४९ बर्षीय तुलसीराम थारुका उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अरूण तेस्रोको अडिट–२ मा काम गरिरहेका बेला हिजो बेलुका ढुङ्गा खसेर लागेपछि गम्भीर घाइते हुनुभएका थारुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल खाँदबारीमा थप उपचारका लागि लगिएको थियो तर त्यहाँ डाक्टरहरुले उहाँलाई जाच्ने बित्तिकै मृत घोषणा गरेका थिए ।

अहिलेसम्म अरुण तेस्रो जलविद्युत् परियोजनामा  कार्यरत २० जनाभन्दा धेरै मजदुरले ज्यान गुमाइसकेका छन् । २४ सै घण्टा निर्माण कार्य हुने आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको मजदुरहरुले बताएका छन् ।

आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म त्यसो नभएको मजदुर बताउँछन् । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा धेरै मजदुर कार्यरत छन् । 
 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया