उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
मुगु – रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको टुइनेटर जहाजमा एक यात्रुकाे ज्यान गएकाे छ । शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको ९ एन एईटी कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको ज्यान गएको आफन्तले बताएका हुन् ।
यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाजभित्र अचेत भएको खबर आउनासाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएकाे बताउनुभयो । रारा विमानस्थल तारा एअरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधानअनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दस्तखत गराई तारा एअरको उडानबाट पठाइएको बताउनुभयो ।
मृतकका दाइ नन्दबहादुर शाहीका अनुसार शाहीलाई जहाजमा उडाई सकेपछि आफू घर फर्कदै गर्दा बीचबाटोमा तारा एअरलाइन्सका दुई जना कर्मचारी र दुई जना प्रहरीले तपाईं नेपालगञ्ज जानुपर्ने भयो भन्दै पुनः रारा विमानस्थलमा लगेर कागज गराएका थिए ।
शव परीक्षणका लागि शव भेरी अस्पतालमा प्रहरीले लगेपनि आफन्तले यात्रु बीमा नपाउनन्जेलसम्म शव नबुझ्ने बताएका छन् । रारा नागरिक उड्डयान कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि राँझा विमानस्थलमा जहाज अवतरण गर्ने वित्तिकै बिरामीलाई अस्पताल लगेको खबर आफूले पाएको र बिरामीका आफन्तले बिरामी उडान सहमतिपत्रमा दस्तखत गरेको बताउनुभयाे ।
तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ जना यात्रुहरु रहेका थिए । आफन्तहरुले बिरामीको जहाजभित्र ज्यान गएको बताए पनि विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दाबी गरेका छन् । बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।