इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डाै – आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो ।
शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । प्रहरीको लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् । प्रहरीले १५ जना शिक्षक घाइते भएका जनाएको छ । तर महासङ्घले भने झन्डै ६० जना शिक्षक घाइते भएका दाबी गरेको छ । एक जना पत्रकारको आँखामा गम्भीर चोट लागेको छ ।
यसैबीच नेपाल शिक्षक महासङ्घले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । झडपपछि शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाउनुभएको हो ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डाै केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ । समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।